एक जना बेपत्ता ,एक जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

एक जना बेपत्ता ,एक जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।

विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

आज विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

प्रतिनिधिसभाको बैठकमा खनिज पदार्थ विधेयक पेस हुने

प्रतिनिधिसभाको बैठकमा खनिज पदार्थ विधेयक पेस हुने

देशका केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशका केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

एक जना बेपत्ता ,एक जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

एक जना बेपत्ता ,एक जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत