कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

एजेन्सी- कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको बिबीसीले जनाएको छ ।

भूकम्पका कारण थुप्रै भवनहरु ध्वस्त भएका छन ।

भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ ।

अमेरिकी भूगर्भशास्त्रीहरूले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रहेको रेकर्ड भएको जनाएका छन ।

उद्धार टोलीहरू पीडितहरूलाई सहयोग गर्न र भग्नावशेषमा फसेकाहरूको उद्धारकार्यमा जुटेका छन ।

बिहानको यो भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो ।

भूकम्पको केन्द्रबिन्दु चोकोमा रहेको भए पनि तत्काल त्यहाँको मृत्यु सङ्ख्या थाहा भएको छैन।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था

ग्याँसको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्याँसको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको छः प्रहरी महानिरीक्षक कार्की

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको छः प्रहरी महानिरीक्षक कार्की

राष्ट्रियसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रियसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो