सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

काठमाडौँ- आउँदो अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगितामा सन्दीप लामिछानेले कप्तानको जिम्मेवारी निर्वाह गर्नुहुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सन्दीपलाई उक्त प्रतियोगितामा नेपाली टोलीको कप्तानको जिम्मोवारी दिइएको हो । एकदिवसीय टोलीको कप्तान बन्नुभएका सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्कनुभएको हो ।

प्रिमियर लिगका लागि क्यानले सोमबार सार्वजनिक गरेको १४ सदस्यीय नेपाली टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले गत शनिबार प्रतियोगिताका खेल तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ ।

प्रतियोगितामा १० टोलीको सहभागी हुनेछन। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन ।

अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार छन । नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ तारिख हङकङसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह