नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँहरूबीच नेपालचीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गर्नुभएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन