नेप्सेमा सामान्य सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

नेप्सेमा सामान्य सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अङ्कले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर ४६७ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

यसैगरी, फ्लोट परिसूचक शून्य दशमलव ०३ अङ्कले घटेर १८३ दशमलव २९ बिन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर १५८ दशमलव २६ बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६७ हजार ७३२ कित्ता शेयर रु चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा खरिदबिक्री भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज एक सय २२ कम्पनीको सेयर मूल्य बढेको, एक सय ४३ कम्पनीको घटेको तथा ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी, एभरेष्ट कलर लिमिटेड, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्सेमा सामान्य सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

नेप्सेमा सामान्य सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

कोशी सरकारको नेतृत्व विवाद मिलाउन ओलीको सक्रियता

कोशी सरकारको नेतृत्व विवाद मिलाउन ओलीको सक्रियता

त्रिवि शिक्षण अस्पतालका सुरक्षा गार्डलाई सीपीआर र सञ्चार तालिम

त्रिवि शिक्षण अस्पतालका सुरक्षा गार्डलाई सीपीआर र सञ्चार तालिम

ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

सुनकोसीमा खसेको कार र यात्रुको अवस्था अझै अज्ञात

सुनकोसीमा खसेको कार र यात्रुको अवस्था अझै अज्ञात

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार