कोशी सरकारको नेतृत्व विवाद मिलाउन ओलीको सक्रियता

कोशी सरकारको नेतृत्व विवाद मिलाउन ओलीको सक्रियता

काठमाडौँ- कोशी प्रर्देश सरकारको नेतृत्वको विवादबारे एमाले शीर्ष तहमा छलफल चलेको  छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीका विषयमा देखिएको आन्तरिक विवाद  हल गर्न कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्नुका साथै प्रदेशका पदाधिकारी र मुख्यमन्त्रीसहितको नेतृत्वसँग सामूहिक परामर्श गर्नु भएको हो ।

एमालेका नेता रामबहादुर थापा ‘बादल’ले नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहमतिअनुसार बागमती र कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन तथा नेतृत्व परिवर्तनको तयारी भइरहेको जानकारी दिनुभयो ।

यद्यपि, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भने पार्टीको औपचारिक निर्णयबिना आफूले राजीनामा नदिने अडान दोहोर्याउनु भएको छ  ।

त्यसैले कोशी प्रदेशको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा दलभित्रै रस्साकस्सी जारी रहेको देखिन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव