गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको घटना छानबिन गर्न गठित गृह मन्त्रालयको उच्चस्तरीय टोलीले आज घटनास्थलमा पुगेर विभिन्न पक्षसँग छलफल गरेको छ ।

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित छानबिन टोलीले आज घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण सङ्कलन र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको समितिका सदस्य सचिव कुलशेखर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलीले गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी घटनासँग सम्बन्धित विविध विषयमा जानकारी सङ्कल गरेको छ ।

आजै उद्योग वाणिज्य सङ्घ गोलबजारका अध्यक्ष विजय साहको अध्यक्षतामा गोलबजारका व्यवसायीहरूसँग छलफल गरी आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासाबारे जानकारी लिइएको सदस्यसचिव अर्यालले बताउनुभयो । मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरिएको उहाँको भनाइ छ ।

‘सुनसरीमा सुरु भएको घटना कसरी सिरहाको गोलबजारसम्म फैलियो ?’, ‘आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो ?’ र ‘गणेश यादवको मृत्यु कसरी भयो ?’ भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।

पहिलो प्राथमिकता गोलीकाण्डको सत्यतथ्य उजागर गर्नु र घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गर्नु रहेको उल्लेख गर्दै प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरिने उहाँले बताउनुभयो । छानबिन टोलीले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको अनुगमन गरेको थियो भने सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग पनि छलफल गरेको थियो ।

गोलबजारमा भएको आन्दोलनका क्रममा भएका व्यवसायीको भौतिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरिरहेको सदस्य सचिव अर्यालले बताउनुभयो ।

गृह मन्त्रालयका सहसचिव शाहीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको सदस्यहरूमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पवन ढुङ्गाना र सदस्य सचिवमा उपसचिव अर्याल रहनुभएको छ ।

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा गत साउन १४ गते भएको आन्दोलनका क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिकाका गणेश यादवको मृत्यु भएको थियो । घटनापछि गृहमन्त्री सुधन गुरुङले मृतक यादवको परिवारलाई घरमा पुगेर भेट गर्नुभएको थियो । त्यसक्रममा उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता