सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुमवासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा प्रस्तुत सुकुमवासीको व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक महत्त्वका प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सुकुमवासी पहिचान तथा जग्गा वितरणमा तीनै तहका सकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री रावलले यस काममा केही स्थानीय तहबाट अपेक्षाकृत सहयोग प्राप्त नभएको गुनासोसमेत गर्नुभयो । उहाँले सुकुमवासीलाई जग्गा वितरण गर्न विभिन्न समयमा गठन गरिएकामध्ये पछिल्ला तीन वटा आयोगका खर्च मात्र रु दुई अर्ब ११ करोड भएको जानकारी दिनुभयो । उहाँले गत जेठ १९ गतेदेखि सुकुमवासीलाई लालपुर्जा वितवरण गर्न सुरुवात गरिएको जानकारी दिनुभयो ।

यसअघि बैठकमा भूमिहिन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको व्यवस्थापनसम्बन्धी सार्वजनिक महत्त्वका विषय प्रस्तुत गरी छलफल भएको थियो । प्रस्तावमाथिको छलफल भाग लिँदै सांसदहरूले तीनै तहका सरकार, संसद् र राजनीतिक दलहरू मिलेर भूमिहिन सुकुमवासीका समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

सांसहरूले भूमिहिनलाई जग्गा, आवास र लालपुर्जा दिने विषय तीनै तहका सरकार, संसद् र राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै वास्तविक सुकुमवासी र भूमिहिन नागरिकहरूले राज्यबाट न्याय पाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२’ पेस गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २२ गते शुक्रबार दिउँसो १ः०० बस्नेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता