सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

सिरहा- सिरहामा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शनमा निस्किएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ ।

सिरहाको गोलबजारमा आगजनी तथा तोडफोडमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोलीबाट गणेश यादवको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर मृत्यु २० बर्षीय यादव सिरहाको औरही गाउँपालिका वडा नं. २ तुलसीपुरका बासिन्दा हुन ।

प्रहरीको गोलीबाट अर्का एक जना घाइते भएका छन् । उनको पहिचान खुलेको छैन । घाइतेलाई थप उपचारको लागि विराटनगर लगिएको छ । ।

प्रदर्शनकारीहरुले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै केही मोटरसाइकलमा आगजनी गर्नुको साथै घरमा तोडफोड गरेका थिए ।

अहिले गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थितिको बावजुद सिरहाको लहान, धनगढीमाई, कसहा, गोलबजार, सिरहा, नरहा लगायतका चोकहरुमा आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेका छन ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सिरहाको गोलबजार आसपासको क्षेत्रमा आज दिउँसो २.०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ ।

सुनसरीको घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कानुनी कार्वाहीको माग गर्दै विगत केही दिनदेखि सिरहाका विभिन्न चोकहरुमा प्रदर्शन भइरहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

देवानगन्जमा गोली लागेका अर्का घाइते जयप्रकाश मेहताको पनि मृत्यु

देवानगन्जमा गोली लागेका अर्का घाइते जयप्रकाश मेहताको पनि मृत्यु

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आज प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आज प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

मनसुनी वायुको प्रभावः देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावः देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना