शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपिल गर्नुभएको छ।

आज जारी अपिलमा राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ।

राष्ट्रपतिले घटनापछि उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई शान्ति–सुरक्षा र जनजीवनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले कठिन परिस्थितिमा पनि सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकतालाई कायम राख्न सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ।

अपिलमा घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहँदै आएको नेपाली समाजको सामाजिक, धार्मिक र जातीय सद्भाव तथा सहिष्णुतालाई राष्ट्रको पहिचानका रूपमा संरक्षण गर्दै शान्ति र राष्ट्रिय एकता सुदृढ बनाउन सबैलाई पुनः आह्वान गर्नुभएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

देवानगन्जमा गोली लागेका अर्का घाइते जयप्रकाश मेहताको पनि मृत्यु

देवानगन्जमा गोली लागेका अर्का घाइते जयप्रकाश मेहताको पनि मृत्यु

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आज प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आज प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

मनसुनी वायुको प्रभावः देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावः देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना