सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरी- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ ।

परिस्थिति नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो । बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना परिचालन गरेपछि स्थिति नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।

बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएपछि स्थितिमा नियन्त्रणमा लिन सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनु भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको हो ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरुलाइ सेनाले तितरवितर गराएको छ ।

प्रदर्शनकारीहरुले सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले केही पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका थिए ।

सुनसरीको देवानगञ्जमा गएराति प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए ।

दुई पक्षवीच भएको झडपपछि सिर्जना भएको समस्याको समाधान खोज्न प्रमुख जिल्ला अधिकारीको सक्रियतामा सर्वपक्षीय छलफल जारी छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा