पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

काठमाडौँ–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताउनुभएको छ । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज यहाँ भएको भेटमा उहाँले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बनाउनुभएको हो ।

सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभएको दबाब अभियानका संयोजक ढुङ्गानाले जानकारी दिनुभयो । सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले यही साउन १६ मा आयोजना गर्न लागेको राष्ट्रिय भेलासमेत स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सुष्मरूपले सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल एक-दुई दिनभित्र बन्ने जानकारीसमेत गराउनुभएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताबिना गाउँमा जनातालाई आशावादी बनाउन नसिकने र पार्टीको साख फर्काउन नसिकने बताउनुभएको थियो । उहाँहरूले तत्काल पार्टी एकता गरेर आमजनतामा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिइएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

सभापति थापाले पार्टी एकता सहमतिमा भई कांग्रेस एक हुनेमा आश्वस्त तुल्याउनुभएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शङ्कर उपाध्यायले जानकारी दिनुभयो । “हाम्रो खबरदारी जारी रहन्छ, भेला के गर्ने भन्नेबारे साथीहरू थप छलफल गरेर निर्णय गर्छौं”, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले भन्नुभयो ।

आज भएको भेटमा सङ्घका अध्यक्ष ढुङ्गाना, गाउँपालिका महासङ्घका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारीलगायतको सहभागिता थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था