कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नु भएको हो ।

भारतीय सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। भारतीय दूतावासका अनुसार कञ्चनपुर जिल्लामा सञ्चालन हुन लागेको यो ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख तथा अन्य सरोकारवालाले भारत सरकारले नेपालमा गर्दै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि थप सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो ।

भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल–भारतबीचको बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउन यस्ता परियोजनाले योगदान पुर्‍याउँदै आएको उल्लेख गरिएको छ। दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्दै नेपाल सरकारको विकास र समृद्धिको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै