मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रुपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरु नियुक्त भएसँगै विश्वविद्यालयहरु गतिशिल भइरहेको बताउनुभयो ।

उहाँले त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयहरुमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपतिलगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन र त्रिविका प्राध्यापकहरुलाई विश्वका विश्वविद्यालयहरूसँग ज्ञान आदानप्रदान गर्न सुझाउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले उच्च शिक्षाको ऐतिहासिक निकाय तथा उच्च शिक्षाको राष्ट्रिय धरोहरका रुपमा परिचित त्रिभुवन विश्वविद्यालयलाई बदलिँदो परिस्थितिअनुरुप थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सुशासन कायम गर्न प्रणाली स्थापना गर्ने, विश्वस्तरमा सहकार्यमा जोड दिइ ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित भई नैतिक तथा प्रतिस्पर्धी शैक्षिक संस्थाका रुपमा अघि बढाउने बताउनुभयो । कार्यक्रममा त्रिविको वार्षिक प्रकाशनसमेत विमोचन गरिएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

सप्तरीबाट ३३ क्विन्टल भन्दा बढी गाँजा बरामद

सप्तरीबाट ३३ क्विन्टल भन्दा बढी गाँजा बरामद

बागमतीमा हेल्लो सीएम सेवा सुरु

बागमतीमा हेल्लो सीएम सेवा सुरु