नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार अधिकारीले पदको दुरुपयोग गर्दै प्राधिकरणका विभिन्न ठेक्कामा सहजीकरण गरेबापत एक करोड ७१ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि आज मुद्दा दायर गरिएको हो ।

आयोगको अनुसन्धानबाट अधिकारीले ठेक्कामा सहभागी कम्पनी तथा तिनका शेयरधनीसँग मिलेमतो गरी प्राप्त घुसको रकमबाट श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरेको र वास्तविक कारोबार रकम लुकाई सरकारी कागजातमा कम मूल्य देखाएर गैरकानुनी सम्पत्तिको स्रोत छिपाउने प्रयास गरेको खुलेको जनाएको छ । उक्त रकमलाई वैधानिक देखाउन बैंक खातामार्फत विभिन्न कारोबार गरिएको र त्यसमार्फत सम्पत्ति शुद्धीकरणसमेत गरिएको आयोगको दाबी छ ।

घुस प्रकरणमा अधिकारीसँगै गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाललाई पनि घुस दिएको अभियोगमा प्रतिवादी बनाइएको छ । आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत कारबाहीको माग गरेको छ ।

आयोगले प्रतिवादीहरूबाट एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिबाना, कैद सजाय तथा घुसबाट खरिद गरिएको ललितपुरस्थित जग्गा जफत गर्नपनि अदालतसमक्ष मागदाबी गरेको छ । साथै, अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले कानुनबमोजिम थप सजाय हुनुपर्ने मागसमेत गरिएको आयोगले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुन्न छुट्टै अनलाइन पोर्टल सञ्चालन

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुन्न छुट्टै अनलाइन पोर्टल सञ्चालन

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

लोकतन्त्र, संविधान र राष्ट्रिय एकताका पक्षमा उभिन पूर्व प्रधानमन्त्री देउवाको आह्वान

लोकतन्त्र, संविधान र राष्ट्रिय एकताका पक्षमा उभिन पूर्व प्रधानमन्त्री देउवाको आह्वान

संयुक्त राष्ट्रसङ्घ – सार्वजनिक सेवा प्रसारण संस्था

संयुक्त राष्ट्रसङ्घ – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी – सार्वजनिक सेवा प्रसारण संस्था