
काठमाडौं- मंगलबार भारतको प्रधानमन्त्री निवास (पीएम आवास) नजिक भएको प्रर्दशनमा विपक्षी दल कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे, अखिलेश यादवसहितका शीर्ष नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय संचार माध्यम दैनिक भास्करका अनुसार प्रर्दशनको क्रममा करिब आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। त्यसक्रममा प्रहरीको टोलीले राहुल गान्धीलगायत नेताहरूलाई उठाएर बसमा राखी हिरासतमा लिएको हो ।
दिउँसो करिब ३:३० बजेदेखि धर्नामा बसेका विपक्षी नेताहरूसँग सरकारले दुई पटक वार्ता गरे पनि सहमति जुट्न सकेन। विपक्षीले शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन गरेका हुन ।

