मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ- मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।

थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब चार लाख ३५ हजार ८०० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको हो ।

भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको छ ।

बरामद सामानमा जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर, टिसर्टलगायतका छन् । सामान ल्याउने व्यक्तिको नाम भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरीले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो