‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो ।

रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

गत असार २० गते भरतपुर–२३ मा सोही हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो