सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास

सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास

काठमाडौँ- सर्लाही गोडैता नगरपालिका-१० स्थित सिसैट टोलका ३६ बर्षीय  विवेक मण्डलले आज शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन । उनले आज दिउँसो शरिरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेको प्रहरीलाई उद्दत गर्दै हाम्रा सर्लाही संवाददाता रोशन न्यौपानेले नेपालटिभीअनलाइनलाई जानकारी दिएका छन ।

जलेर घाइते भएका मण्डललाई उपचारका लागि अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

थप उपचारका लागि काठमाडौँबाट हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । उनले शरिरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेको र शरिरमा आगो बलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हिजो मात्र काठमाडौँमा मुगुका गणेश नेपालीले आत्मदाहको लागि प्रयास गरेका र उनको आज मात्र काठमाडौँमा मृत्यु भएको थियो ।

दिन दिनै जसो आत्मदाहको घटना हुनुले देशमा विद्यमान गरिबी, बेरोजगार र समस्याको जालो नेपाली समाजमा कति जगडिएको छ भन्ने कुरा उजागर पारिदिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास

सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास

अर्थ व्यवस्था सहज बनाउन निजी क्षेत्र र नीति निर्माण तहबीच सहकार्य आवश्यक

अर्थ व्यवस्था सहज बनाउन निजी क्षेत्र र नीति निर्माण तहबीच सहकार्य आवश्यक

सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सम्पत्ति जाँचबुझ आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सम्पत्ति जाँचबुझ आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था