
काठमाडौँ- नेपालको बदलिँदो ब्यवसायिक तथा आर्थिक परिवेशमा ब्यवस्थापकीय नेतृत्व, उद्यमशीलता र नवप्रवर्तनको दिगो आर्थिक बिकास सम्वन्धमा सम्वद्ध सरोकारवालाहरुबीच आज ललितपुरमा छलफल भएको छ ।
काठमाण्डौँ बिश्व विद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेण्ट केयूएसओएम इन्टरप्रेनरशिप क्लब र स्टुडेन्ट्स वेलफेयर काउन्सिलले ललितपुरमा आयोजना गरेको सिईओ सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बदलिँदो अर्थ ब्यवस्थालाई सहज बनाउन निजी क्षेत्र र नीति निर्माण तहबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

‘बर्तमान परिबेशमा परिवर्तनशील हुँदै गएको ब्यवसायिक परिदृश्य: ब्यवस्थापकीय तथा उद्यमशील चुनौतीहरु’ बिषयक सम्मेलनमा आधुनिक सूचना प्रविधिको विकास र प्रवर्द्धनमा बक्ताहरुले जोड दिएका थिए ।

सम्मेलनमा प्राडा बिजय केसी लगायतका बक्ताहरुले नेपालको शिक्षा नीति र ब्यवसायिक परिदृश्यका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।
सम्मेलनमा नेपालका नीति निर्माता उद्योगी ब्यवसायी उद्यमी बैंक तथा बित्तीय क्षेत्रका नेतृत्वकर्ता, शिक्षाविद् र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।।

