राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।

सभामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफलका लागि प्रस्ताव गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले राष्ट्रिय आवश्यकता र समयको चापलाई ध्यान दिएर प्राप्त सुझावहरूलाई मनन् गर्ने विश्वास दिलाउनुभयो । यसअघि विधेयकमाथि सदस्य खम्बबहादुर खातीले छलफलमा भाग लिनुभएको थियो ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसहित ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि समितिको प्रतिवेदन आजैको पहिलो बैठकमा पेस गर्नुभएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल