सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– प्रतिनिधिसभका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताउनुभएको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताउनुभयो ।

बयालिस वर्ष अघि चार जना विद्यार्थीबाट सुरु भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौँ क्षेन नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयका प्राधानाध्यापक विष्णु पनेरुले विद्यालयले चार दशकमा प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि विद्यालयले थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

रचनात्मक सुझावसहित संवादमा आउन पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

रचनात्मक सुझावसहित संवादमा आउन पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह