बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौँ– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।

विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो । धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलनजस्ता प्रविधि विस्तारमा जोड दिइएको उहाँले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३ वर्णशङ्कर जात प्रवद्र्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवद्र्धन र मूल्य शृङ्खला विकास गरिने छ । चैते धान प्रवद्र्धनमा किसानलाई अनुदान उपलब्ध गराइने छ ।

विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा सुरु गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

रचनात्मक सुझावसहित संवादमा आउन पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

रचनात्मक सुझावसहित संवादमा आउन पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह