कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ-नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा आज यहाँ आयोजित विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ परिवर्तित सन्दर्भमा  कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।

 संवैधानिक अधिकार रक्षाका निम्ति सबै राजनीतिक वामशक्तिबीच साझेदारी अपरिहार्य भएको उहाँको भनाइ थियो । ‘चाँडोभन्दा चाँडो समान विचार भएका दल एकताबद्ध हुन जरुरी छ,’ उहाँले भन्नुभयो ।

विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै संयोजक दाहालले  राष्ट्रका सामु उत्पन्न  चुनौतीको सबै नेता तथा कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आफू तत्पर रहेको संयोजक दाहालले बताउनुभयो । यस्तो सहकार्य शीघ्र हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो ।  उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट शक्ति अगाडि बढ्नुपर्छ भन्नुभयो ।

कम्युनिष्ट पार्टीहरूले आत्ममूल्याङ्कन गर्न ढिलो भएको धारणा व्यक्त गर्दै नेता नेपालले एकता नै बल हो भन्ने वास्तविकता बिर्सन नहुने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच एकताको विकल्प नभएको बताउनुभयो । उहाँले  एकताको प्रक्रिया प्रारम्भ गर्नुपर्नेमा जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द 

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द