त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ । गत माघ १ गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले यही असार १५ गतेदेखि पुनः सेवा सुरु गर्न लगेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा सुभाशप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी)मा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ । स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो । उहाँका अनुसार अस्पतालले बिहान ७ः०० देखि ११ः०० बजे र दिउँसो १३ः०० बजेदेखि साढे १४ः०० बजेसम्म बिमा टिकट बिरामीलाई उपलब्ध गराइने छ । केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबाट उपचार गरेवापतको भुक्तानी उपलब्ध गराएको थियो ।

अस्पतालले विसं २०७७ बाट नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा सञ्चालन गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द 

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द 

पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा