
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बिहीबार सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो ।
सङ्घीय संसदका दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुने संवैधानिक व्यवस्था छ ।।

