बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

काठमाडौँ- बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।

नीतिगत यूटर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । लन्डनस्थितटेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो ।

आफूले लिएका हरेक निर्णयमा पहिलो स्थानमा देशलाई राखेको भन्दै उहाँले अब लेबर पार्टीको नेताको पदबाट राजीनामा दिएको भावुक सन्देश दिनुभयो ।

स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ ।

सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा अझै सुरु भएन रास्वपाको बन्दसत्र

प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा अझै सुरु भएन रास्वपाको बन्दसत्र

हात्ती प्रजनन केन्द्रको निरीक्षण, स्थानीयसँग भेटघाट

हात्ती प्रजनन केन्द्रको निरीक्षण, स्थानीयसँग भेटघाट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

इजिप्ट समूह जीको शीर्ष स्थानमा – सार्वजनिक सेवा प्रसारण संस्था

इजिप्ट समूह जीको शीर्ष स्थानमा – सार्वजनिक सेवा प्रसारण संस्था

आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची