Tuesday, 10 November 2026
ब्रेकिङ
समाचार

प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा अझै सुरु भएन रास्वपाको बन्दसत्र

प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा अझै सुरु भएन रास्वपाको बन्दसत्र




चितवन– महाधिवेशन प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

बिहान साढे ८ बजेदेखि सुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम दिउँसो ४ बजेसम्म पनि सुरु हुन नसकेको हो ।

बन्दसत्र सुरु नहुँदा  चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू अन्यौलमा रहेका छ्न्। प्रतिनिधि टुङ्गो लगाउने काम भइरहेको छ ।

महाधिवेशन प्रतिनिधिहरु महाधिवेशनस्थलमा खाजा -खाना खानेगरी समय बिताइरहेका छ्न् ।

प्रतिनिधिहरुको अन्तिम टुङ्गो लगाएर प्रतिनिधिको अन्तिमसूची सार्वजनिक गर्ने प्रयास भइरहेको बताइएको छ ।

Source link

तपाईंको प्रतिक्रिया