योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ ।

बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो ।

योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको छ ।

सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्दै यसको विकासका लागि थप कार्य गर्न आवश्यक भएको बताउनुभएको छ ।

योग अभ्यासबाट दैनिक कार्यक्षमता, रोग प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली सुदृढ हुने तथा सकारात्मक सोचको विकास भई आन्तरिक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले योगले ज्ञान, कर्म, चेतना र स्थिरतातर्फ डो¥याउने भएकाले स्वस्थ जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताउँदै राष्ट्रपतिले आधुनिक जीवनमा बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट प्रभावित मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

सन्देशमा उहाँले विश्व योग दिवसले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ तथा सुखी रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

सरकार ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ,गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ

रास्वपालाई काँग्रेस सभापति थापाको आग्रह, निलो झण्डामुनि रातो बलिदान नबिर्सनू

रास्वपालाई काँग्रेस सभापति थापाको आग्रह, निलो झण्डामुनि रातो बलिदान नबिर्सनू

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

रास्वपाको निर्वाचन तालिका सार्बजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपाको निर्वाचन तालिका सार्बजनिक – सार्वजनिक सेवा प्रसारण संस्था