
क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो ।
क्यानडाले कतारलाई ६-० मा पराजित गरेको हो ।
क्यानडाका लागि पहिलो हाफको १६ औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे । पहिलो हाफको ३९ औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघिमात्रै दोस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३-० को अग्रता लियो ।
यसअघि समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।


