निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्वारा यहाँ आज आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयसम्बन्धी छलफल र संवाद कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले उत्पादन र लगानीमार्फत प्राप्त हुने समृद्धिको मार्गमा सरकार अघि बढिरहेको बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले सम्पत्ति शुद्धीकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुयाउने व्यक्तिमाथि मात्र कारबाही गरिने बताउनुभयो ।

“इमानदार व्यवसायी डराउनुपर्ने अवस्था छैन, गलत कार्य गर्नेहरू मात्रै कारबाहीको दायरामा आउनेछन्”, उहाँले भन्नुभयो । अर्थमन्त्री डा वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्नेगरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

शेयर बजारमा केही विचलन देखिए पनि त्यसलाई व्यवस्थित र विश्वासिलो बनाउने दिशामा सरकार काम गरिरहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनुभयो । घरबहाल कर प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले विगतमा कर नतिर्ने प्रवृत्तिलाई हटाइने बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुगेको तथा बजार गतिविधिमा सकारात्मक प्रभाव परेको दाबी गर्नुभयो ।

उहाँले राज्यको दीर्घकालीन हितलाई केन्द्रमा राखेर आर्थिक नीति तर्जुमा गरिएको उल्लेख गर्दै नेपालका अन्तरराष्ट्रिय विमानस्थलको उपयोग वृद्धि गर्न कूटनीतिक तहबाट पहल भइरहेको जानकारी दिनुभयो । घरजग्गा कारोबारलाई पनि क्रमशः चलायमान बनाउने गरी सरकारले आवश्यक नीतिगत व्यवस्था अघि बढाइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी व्यवसायीले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, कर सुधार तथा निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम कार्यान्वयनमा जोड दिएका थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री