काठमाडौँ- भारतीय चिया बोर्डले लगाएको ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ कारण नेपालमा चिया उद्योग संकटमा परेका छन् ।
चिया निर्यात रोकिएसँगै चिया उद्योगीहरूले अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले कुटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ ।
भारतीय चिया बोर्डले मे १ देखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने मपदण्ड व्यावाहरिक नभएको गुनासो ब्यवसायीहरुको छ ।
वार्षिक करिब रु १२ अर्बदेखि रु १४ अर्ब बराबरको कारोबार गर्दछ । त्यस मध्ये
वार्षिक रु पाँच अर्बभन्दा बढीको चिया भारततर्फ निर्यात हुने गरेको थियो ।
नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको त्यो रोकिदा नेपाली चिया उद्योग संकटमा परेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले बताउनु भयो ।
नेपालको चिया उद्योगमा ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । निर्यातमा समस्या आएसँगै राज्यलाई वार्षिक करिब रु एक अर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेको छ ।
परेकामा चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान, मजदुर र उद्यमीको भविष्यसँग जोडिएको यस संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कुटनीतिक तवरले समाधान गर्न उद्योग बणिज्य महासङ्घले नेपाल सरकारसँग माग गरेको छ ।

