भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

झापा- नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि  चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् ।

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले बताउनुभयो ।

नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिएका छन् ।

उहाँले विकल्पमा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउनुहुँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदन पराजुलीले सरकारसँग माग गर्नुभयो । चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक रु एक अर्ब राजस्व बुझाउँदै आएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री