जलजलाको लुप्राङमा अङ्गुरखेती – सार्वजनिक सेवा प्रसारण संस्था

जलजलाको लुप्राङमा अङ्गुरखेती – सार्वजनिक सेवा प्रसारण संस्था

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।

समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गर्नुभएको हो ।

“चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्”, उहाँले भन्नुभयो, “गत वर्ष प्रतिकिलो रु चार सय ५० देखि पाँच सयका दरले रु ३५ हजारको अङ्गुर घरबाटै बेचेको थिए । यसपालि दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ ।”

अङ्गुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरुसँग सल्लाह गरेर अङ्गुरखेती विस्तार गर्ने रेग्मीको योजना छ । दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अङ्गुर, गोलभेडा, सुन्तला खेतीका साथै बाख्रापालन सुरु गर्नुभएको थियो ।

“कक्षा पाँच सम्म गाउँकै विद्यालयमा पढेका दुई जना छोराहरुलाई स्कुल टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा खोजेर १० सम्म पढाए”, टीकाकुमारीले भन्नुभयो, “कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न दुई जना छोराहरु काठमाडौँ गएपछि घर फर्किएर धानखेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले असफल हुने काम नगर्न सुझाउनुभएको थियो ।”

स्वदेशमै उद्यमशील बनेर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अग्रसर हुनुपर्ने धारणाबाट प्रेरित भएकी रेग्मीलाई स्थानीय विद्यालयका शिक्षक रहेका श्रीमान्ले साँझ, बिहान र बिदाको समयमा बगैँचाको काममा साथ दिनुभएको छ । उहाँको बगैँचामा रसात सय ५० सुन्तला र कागतीका बोट छन् । गत वर्ष रु चार लाख ८० हजारको सुन्तला बिक्री भएको रेग्मीले बताउनुभयो ।

प्लास्टिक टनेलभित्र अङ्गुरका साथै टमाटरखेती पनि गर्नुभएको छ । हुर्कदै गरेको सुन्तला बगैचाभित्र सिमीखेती गर्नुभएको छ । अङ्गुर गाउँबाट बिक्री हुन्छ । सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ । कृषि फार्मबाट वार्षिक रु १० देखि १२ लाख बचत गर्ने रेग्मीको कमाइ देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरु दङ्ग परेका छन् ।

उहाँकै सिको गरेर धेरैजसो लुप्राङवासीले धान, मकै, कोदोको विकल्पमा सुन्तलाखेती गरेका छन् । उहाँलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत प्रविध, पूर्वाधार निर्माणमा सहयोग, सीपमूलक तालिम, व्यावसायिक योजना तयार पार्न, भ्रमण र प्रदर्शनीको व्यवस्था मिलाएका छन् ।

नाग्लिवाङ हँुदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषिउपज बिक्रीका लागि बजार पठाउन समस्या भएको किसान रेग्मीले गुनासो गर्नुभयो । बाँदरको समस्या पनि मुख्य चुनौती बनेको छ । यसपालि गत जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारीखेतीमा क्षति पुर्‍याएको किसानहरुले गुनासो गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

धादिङको नृसिंहधाममा पहिलो पटक सवा करोड दीप प्रज्वलन

धादिङको नृसिंहधाममा पहिलो पटक सवा करोड दीप प्रज्वलन

भारतीय सहयोगमा मुस्ताङमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

भारतीय सहयोगमा मुस्ताङमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत – सार्वजनिक सेवा प्रसारण संस्था

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने