स्थायी राजधानी व्यवस्थापनमा जोड – सार्वजनिक सेवा प्रसारण संस्था

स्थायी राजधानी व्यवस्थापनमा जोड – सार्वजनिक सेवा प्रसारण संस्था

तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा दाङमा स्थायी राजधानी व्यस्थापनदेखि प्रादेशिक अस्पताल स्तरवृद्धिसम्मका विषय समेटिएका छन् ।

सोमबार प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा पेस गर्नुभएको बजेट बक्तव्यमा दाङको राप्ती उपत्यका (देउखुरी) मा प्रदेश राजधानी व्यवस्थापन र निर्माणको दोस्रो चरणको कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै प्रदेश राजधानीभित्र संसदीय समितिका भवन र अन्य आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।

त्यस्तै, प्रदेश राजधानी गुरुयोजनाअनुरूप राजधानीभित्रका प्रमुख सडकको रेखाङ्कन र आधारभूत संरचना निर्माणका लागि बजेट व्यवस्था गरिएको छ भने राप्ती गाउँपालिकासँगको समन्वयमा आधुनिक प्रविधिको प्रयोग गरी प्रदेश राजधानीको फोहर व्यवस्थापन गर्न अध्ययन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै, घोराहीमा प्याराडाइज बोटानिकल उद्यान तथा रुटाहा ताल पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रु ११ करोड, थारु राजा दङ्गीशरणको इतिहास संरक्षणका लागि सकौरा पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारु सङ्ग्रहालय निर्माणका लागि रु चार करोड, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई २०० शय्याको अस्पतालमा स्तरोन्नति गर्न रु चार करोड विनियोजन गरिएको छ ।

दाङको महत्वपूर्ण सिँचाइ प्रणालीका रूपमा रहेको प्रगन्ना कुलोलगायत सिँचाइ प्रणालीको सुदृढीकरण, दिगो व्यवस्थापन र सञ्चालनका लागि रु १५ करोड विनियोजन गरिएको अर्थमन्त्री कार्कीले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भारतीय सहयोगमा मुस्ताङमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

भारतीय सहयोगमा मुस्ताङमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत – सार्वजनिक सेवा प्रसारण संस्था

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

एनटिभीकर्मी शिवानीलाई पति वियोग – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभामा बुधबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

अब ओटिटी प्लेटफर्मबाट नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश