रौतहटमा ९० लाखभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद, नियन्त्रणका क्रममा अश्रुग्यास समेत प्रहार

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद, नियन्त्रणका क्रममा अश्रुग्यास समेत प्रहार

रौतहट – रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख १६ हजार रुपैयाँ बराबरको फर्सीको बिउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ बौधीमाई नगरपालिका–७ बडा बंकुलस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक त्रिपालले छोपी लुकाइछिपाइ राखिएको फर्सीको बिउ रहेको भन्ने गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो ।

खानतलासीका क्रममा ३२२ बोरा फर्सीको बिउ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रति बोरा ४० किलो रहेको र दरले जम्मा १२ हजार ८८० किलो फर्सीको बिउको मूल्य करिब ९० लाख १६ हजार रुपैयाँ रहेको बताइएको छ। बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयवासीले अवरोध गर्दै ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

झडपका क्रममा ढुंगामुढामा संलग्न ३ जना स्थानीय तथा ३ जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतम ले जानकारी दिएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

ट्रम्प – सार्वजनिक सेवा प्रसारण संस्था

ट्रम्प – सार्वजनिक सेवा प्रसारण संस्था

अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था