प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

काठमाडौँ-प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने व्यहोरा जानकारी गराउनुभयो । उहाँले छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

सांसदहरूले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिइरहनुभएको छ । बैठकमा अर्थमन्त्री वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सुनाउनुभएको थियो ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन तथा सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गरेको व्यहोरा सभालाई जानकारी गराउनुभएको थियो । सो हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानः तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराउनुभयो । प्रतिनिधि सभाको अर्को बैठक विहिबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

कांग्रेस नेता आङदेङम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

कांग्रेस नेता आङदेङम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक केन्द्र बनाउन आग्रह

पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक केन्द्र बनाउन आग्रह

ट्रेड युनियन खारेजविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा 

ट्रेड युनियन खारेजविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा 

एमाले नेता थापा – सार्वजनिक सेवा प्रसारण संस्था

एमाले नेता थापा – सार्वजनिक सेवा प्रसारण संस्था