
काठमाडौं, असार १० — कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईले पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन सुधार आवश्यक रहेको बताउनु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लक्षित गर्दै उहाँले पशुपति क्षेत्र विकास कोषमा सुशासन, पारदर्शिता र धार्मिक अनुशासन कायम गर्न सक्षम तथा निष्ठावान नेतृत्व आवश्यक रहेको उल्लेख गर्नु भएको हो ।
हुमागाईले पशुपति क्षेत्रलाई राष्ट्रिय सदाचार अभियान, धार्मिक पर्यटन तथा सामाजिक सेवाको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै वेद विद्याश्रम विस्तार, आयुर्वेद चिकित्सालय, हिन्दू विश्वविद्यालय स्थापना तथा गौशाला र अन्य जीवजन्तु संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नु भएको छ ।


