
काठमाडौँ- प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षीदलहरुले सदन विरोध जारी राखेका छन् । १५ मिनेट स्थगित पछि बसेको दोस्रो बैठक सुरु हुने बित्तिकै विपक्षी दलले नाराबाजीसहित बेल घेराउ सुरु गरेका हुन ।
सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्नु भएको थियो । तर १५ मिनेटपछि बसेको बैठकमा पनि विपक्षीहरुले अवरोध जारी राखेका छन् । सभामुखले प्रस्ताव निर्णायार्थ पेश गर्नु भएको छ ।
प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि विषयगत समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग विपक्षी दलहरूले गरेका छन्

