कर्णालीका दुई पालिकामा अझै एनटीसीको फोर-जी सेवा पुगेन

कर्णालीका दुई पालिकामा अझै एनटीसीको फोर-जी सेवा पुगेन

सुर्खेत-  कर्णाली प्रदेशका दुई पालिकामा अझैपनि फोर–जी (एलटीई) सेवाको पहुँच पुग्न सकेको छैन ।

नेपाल टेकिलमको सेवा विस्तारमा भइरहेको ढिलाइले फोर-जी सेवा लिन आतुर टेलिकमका उपभोक्तालाई थ्री-जीमै सीमित हुनुपर्ने बाध्यता छ ।

नेपाल टेलिकमले पनि डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकामा फोर-जी सेवा विस्तार गर्न बाँकी रहेको जनाएको छ ।

टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक निरन जोशीले दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले डोल्पाका दुई पालिकामा फोर–जी सेवा विस्तार गर्न ढिलाई भइरहेको बताउनु भयो ।

प्रदेशका ७९ वटै पालिकामा टु जी, थ्री जी सेवा सञ्चालनमा रहेको बताउँदै उहाँले हाल फोरजी सेवा पुग्न नसकेका डोल्पाका दुई पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको जनाउनु भयो ।

फोर-जी सेवा नहुँदा डोल्पो क्याम्पस दुनैका क्याम्पस प्रमुख विष्णुलाल बुढा अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि गाउँका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

शे फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम–कारबाहीसमेत प्रभावित भएको बताउनु भयो ।

उहाँले इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिक जीवनसमेत प्रभावित बनेको जनाउनु भयो । उहाँका अनुसार माथिल्ला डोल्पामा कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्नसमेत समस्या हुने गरेको छ ।

छिटो फोर–जी सेवा विस्तारका लागि जिल्ला, प्रदेश र संघीय तहमा समेत पटक-पटक पहल गरिएपनि कुनै सुनुवाइ हुन नसकेको उहाँको भनाइ थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

चीनको नयाँ अन्तरिक्ष यात्रा – सार्वजनिक सेवा प्रसारण संस्था

चीनको नयाँ अन्तरिक्ष यात्रा – सार्वजनिक सेवा प्रसारण संस्था

फास्ट ट्रयाकको भौतिक र वित्तीय दुबै प्रगति ५० प्रतिशत भन्दा कम

फास्ट ट्रयाकको भौतिक र वित्तीय दुबै प्रगति ५० प्रतिशत भन्दा कम

कर्णालीका दुई पालिकामा अझै एनटीसीको फोर-जी सेवा पुगेन

कर्णालीका दुई पालिकामा अझै एनटीसीको फोर-जी सेवा पुगेन

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्नुहुने

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्नुहुने

दैनिक १ करोड भुक्तानी हुँदै, बाँकी रकम २ महिनामा भुक्तानी गरिने

दैनिक १ करोड भुक्तानी हुँदै, बाँकी रकम २ महिनामा भुक्तानी गरिने

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री