इरान-अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता – सार्वजनिक सेवा प्रसारण संस्था

इरान-अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- इरानले संयुक्त राज्य अमेरिकासँग सन्देश आदानप्रदानको प्रक्रिया पाकिस्तानमार्फत निरन्तर जारी रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानले अमेरिकाबाट प्राप्त पछिल्ला प्रस्ताव तथा धारणा अध्ययन गरिरहेको जानकारी दिएका हुन् । सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले पाकिस्तानका गृहमन्त्री मोहसिन नक्भीको तेहरान भ्रमणले दुवै पक्षबीच आदानप्रदान भएका मस्यौदा प्रस्तावहरूबारे स्पष्टता ल्याउन र संवादलाई सहज बनाउन भूमिका खेलिरहेको बताउनुभयो ।

इरानले लेबनानलगायत सबै क्षेत्रमा युद्ध अन्त्य गर्न केन्द्रित रहेको उल्लेख गर्दै आफ्ना जफत सम्पत्ति फुकुवा गर्नुपर्ने, समुद्री मार्गमा अमेरिकाले गरेको हस्तक्षेप अन्त्य हुनुपर्ने तथा इरानी जहाजमाथिका शत्रुतापूर्ण गतिविधि रोक्नुपर्ने माग राखेको छ । बघाईका अनुसार इरानले सद्भाव र गम्भीरताका साथ कूटनीतिक प्रक्रिया अघि बढाए पनि विगतका घटनाका कारण वाशिङ्टनप्रति गहिरो अविश्वास कायम रहेको छ ।

इरानले ओमानसँगको सहकार्यमा होर्मुज जलडमरूमध्य क्षेत्रमा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने संयन्त्र निर्माण गर्न चाहेको पनि जनाएको छ । साथै, समुद्री यातायात सुरक्षित बनाउन तटीय राष्ट्रहरूसँग सहकार्य गरी आवश्यक प्रोटोकल विकास गर्न आफू तयार रहेको इरानको भनाइ छ ।

इरानी वार्ता टोलीनिकट स्रोतलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाले अमेरिकाले पाकिस्तानमार्फत नयाँ मस्यौदा प्रस्ताव पठाएको जनाएको छ । केही दिनअघि इरानले १४ बुँदे प्रस्ताव अमेरिकासमक्ष पेश गरेको थियो।

हाल पाकिस्तानले दुवै पक्षका प्रस्तावलाई नजिक ल्याउने प्रयास गरिरहेको भए पनि अन्तिम सहमति भने भइसकेको छैन ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेशकियनले सामाजिक सञ्जालमार्फत इरानले सधैँ आफ्ना प्रतिबद्धता पालना गरेको र युद्ध टार्ने प्रयास गरेको बताउनुभयो । उहाँले दबाब र बल प्रयोगमार्फत इरानलाई झुकाउन सकिने सोच भ्रम मात्र भएको उल्लेख गर्नुभएको छ ।

इरान, अमेरिका र इजरायलबीच गत अप्रिल ८ मा युद्धविराम भएपछि पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता भएको थियो । तर उक्त वार्ताबाट कुनै ठोस सहमति निस्कन सकेको थिएन ।

युद्धपछि इरानले होर्मुज जलडमरूमध्यमा नियन्त्रण कडा बनाउँदै अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूको आवागमनमा रोक लगाएको थियो भने वार्ता असफल भएपछि अमेरिकाले पनि समुद्री नाकाबन्दी लागू गरेको जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित

कोशी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

कोशी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

बैठकमा विपक्षी सांसदहरुको विरोध, अर्को बैठक जेठ १२ गते मंगलबार

बैठकमा विपक्षी सांसदहरुको विरोध, अर्को बैठक जेठ १२ गते मंगलबार

धादिङमा सार्वजनिक वनको जग्गा अतिक्रमण गरी बनाइएका पक्की संरचना भत्काउन सुरु

धादिङमा सार्वजनिक वनको जग्गा अतिक्रमण गरी बनाइएका पक्की संरचना भत्काउन सुरु

इरान-अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता – सार्वजनिक सेवा प्रसारण संस्था

इरान-अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता – सार्वजनिक सेवा प्रसारण संस्था

विपक्षी दलका सांसदहरुको विरोधपछि प्रतिनिधि सभाको बैठक केहीबेरका लागि स्थगित

विपक्षी दलका सांसदहरुको विरोधपछि प्रतिनिधि सभाको बैठक केहीबेरका लागि स्थगित