विपक्षी दलका सांसदहरुको विरोधपछि प्रतिनिधि सभाको बैठक केहीबेरका लागि स्थगित

विपक्षी दलका सांसदहरुको विरोधपछि प्रतिनिधि सभाको बैठक केहीबेरका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरुले विरोध गरेपछि बैठक आज १५ मिनेटका लागि स्थगित भएको छ ।

सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि बैठक सभामुखले १५ मिनेटका लागि भन्दै स्थगित गर्नुभएको हो ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ नै प्रधानमन्त्रीले दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दलका सांसदहरुले विनियोजन विधेयक अन्तर्गतका प्राथमिकताका विषयमा उठेका प्रश्नहरुको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राखेका हुन । त्यसो त प्रधानमन्त्रीले संसदको बैठकलाई उपेक्षा गरेको भन्दै विपक्षी दलका सांसदहरुले नियमित रुपमा  सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।

सांसदहरुले प्रधानमन्त्रीले नै गृह र रक्षा मन्त्रालयकोसमेत जिम्मेवार सम्हालेका कारण यससँग सम्बन्धित विषयमा प्रधानमन्त्री नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका छन ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

अर्को वर्ष भेटौँला मनास्लु !

अर्को वर्ष भेटौँला मनास्लु !