अमेरिकाले स्कटल्याण्डलाई हरायो – सार्वजनिक सेवा प्रसारण संस्था

अमेरिकाले स्कटल्याण्डलाई हरायो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- आइसिसी विश्वकप लिगअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाईविकेटले पराजित गरेको हो ।

जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमाविकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलशाहन जाहाँगिरले समान ३७÷३७ रन बनाए । कप्तान साइतेजा मुक्कामल्लाले ३५ रन बनाए । मिलिन्द कुमार २४ रनमा अविजित रहँदा शुभम रन्जानेले ११ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका हुन् । त्यस्तै स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलनले ३२ रन जोड्दा म्याथ्यु क्रसले २० रन बनाए । त्यस्तै जर्ज मुन्सेले १९ रन बनाए ।

बलिङतर्फ अमेरिकाका रुशिल उगारकर एक्लैले चार विकेट लिए भने सौरभ नेत्रावलकरले तीन विकेट झारेत्यस्तै शुभम रञ्जनेले दुई विकेट लिँदा हरमित सिहले एक विकेट लिए

जितसँगै अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । समान ३८ नै अङ्क रहेको स्कटल्याण्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ । यस त्रिकोणात्मक शृङ्खलामा अब नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम