सरकार र रुबी खानबीच ५ बुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र रुबी खानबीच ५ बुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ- बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ ।

सहमति भएसँगै उहाँले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गर्नुभएको छ । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाउनुभएको हो ।

बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो ।

उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दाहाल हुनुहुन्थ्यो ।

उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ ।

त्यस्तै, अनशनरत खानले उठाउनुभएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरूउपर प्रहरी नियमावलीबमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दामाथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ । यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख, प्रहरी उपरीक्षकलगायतका कर्मचारीहरूको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ ।

यसैगरी, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ ।

उक्त सहमतिपत्रमा मानव अधिकार र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले रोहवरका रूपमा हस्ताक्षर गर्नुभएको छ ।

रोहवरमा हस्ताक्षर गर्नुहुनेहरूमा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक वसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मनकुमारी गुरताल र सदस्य गीता रैदास हुनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Premanand Maharaj Controversy New Update Today (October 6): Aniruddhacharya Slams Media | Premanand Maharaj Disciple Death Case New Update: Aniruddhacharya Shares Views On Ongoing Controversy | Premanand Maharaj Controversy Explodes! Aniruddhacharya Slams Media Over Disciple’s Death Case: Vinash Kale… | What Happened To Premanand Maharaj | Premanand Ji Maharaj | Premanand Maharaj Follower Deepak Lodhi Aka Rasik Dulari Sharan Death

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know