नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडौँ- आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्याण्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको हो ।

नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन ।

त्यसैगरी ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सरार्फ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए ।

दीपक डुम्रेले अविजित २३ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डली करी र सफियान सरिफले समान २-२ विकेट लिए भने ओलिभर डेभिडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १÷१ विकेट लिए । स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने