बाढीले बगाएको डाइभर्सन पुनः बिग्रिँदा बीपी राजमार्ग अझै अवरुद्ध

बाढीले बगाएको डाइभर्सन पुनः बिग्रिँदा बीपी राजमार्ग अझै अवरुद्ध

काभ्रे – गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।

१२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेका डाइभर्सनहरू आइतबार अधिकांश स्थानमा निर्माण गरिए पनि सोही दिन साँझ परेको वर्षाले पुनः ती डाइभर्सन बगाएको हो। राजमार्गको चिउरीबास, नार्के र चारसय बेँसी क्षेत्रमा आइतबार बनाइएका डाइभर्सन फेरि बगाएका छन् ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार रोशी खोलाले बगाएका १३ स्थानमध्ये ८ स्थानमा डाइभर्सन निर्माण गरिएको थियो। तर आइतबार साँझको वर्षाले तीमध्ये धेरै स्थानमा पुनः क्षति पुर्‍याएको उनले जानकारी दिनुभयो । सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माण कार्य सुरु गरिएको उहाँको भनाइ छ।

शनिबार आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्ती क्षेत्रमा डाइभर्सन बगाएको थियो। साथै सिन्धुली खण्डको आँपघारी र नेपालथोकमा समेत क्षति पुगेको छ।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया अघि बढाउन बाटो खुला

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय बनाइने

सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय बनाइने

राष्ट्रपतिबाट तनहुँमा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिबाट तनहुँमा भानु साहित्य उद्यानको शिलान्यास