भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए




किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट एक हजार बढी नागरिकले सीमापास लिएका छन् । विसं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथाङ्कानाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए ।

उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि एक हजार ३३८ सीमापास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा एक हजार ८२ जना र २०८३/८३ मा २५६ जनाले सीमापास लिएको सीमा प्रशासन कार्यालयकी सृजना मेहताले बताउनुभयो ।

त्यसैगरी, हालसम्म ६४८ जनाले सीमापास नवीकरण गरेका छन् । सीमापास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ । भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमापास र परिचयपत्रका आधारमा किमाथाङ्कानाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । भोटखोला गाउँपालिकाका–१, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ ।

भोटखेला क्षेत्रमा आलु र कोदोमात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।

उत्तरी क्षेत्रमा किमाथाङ्कामा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १६२ किलोमिटर छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक