हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/ हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भारतीय सहयोगमा झापाको गौरादह नगरपालिकामा विद्यालय भवन सिलन्यास

भारतीय सहयोगमा झापाको गौरादह नगरपालिकामा विद्यालय भवन सिलन्यास

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ – सार्वजनिक सेवा प्रसारण संस्था

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ – सार्वजनिक सेवा प्रसारण संस्था

संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

महान्यायाधिवक्ताविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

महान्यायाधिवक्ताविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

मल आपूर्तिका लागि मन्त्री चौधरीको पहल

मल आपूर्तिका लागि मन्त्री चौधरीको पहल

विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन

विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन

तातो हावा र अत्यधिक गर्मीले तराई लगाएत रौतहटको जनजीवन प्रभावित

तातो हावा र अत्यधिक गर्मीले तराई लगाएत रौतहटको जनजीवन प्रभावित