फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन- जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उनीहरुबाट रु पाँच करोड ३६ लाख ५४ हजार १७  जरिवाना असुल गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी खनालका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायको सक्रियता आवश्यक छ । उहाँले भन्नुभयो, “फैसला कार्यान्वयनका लागि प्रहरीले सादा पोसाक र बर्दिमा प्रहरी परिचालन गरिएको छ ।”

गत आवमा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ परेका थिए । उनीहरुबाट १२७ वर्ष छ महिना तीन दिन कैद भुक्तान भएको थियो । पक्राउ परेका उनीहरुले रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना भुक्तान गरेका थिए । फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर कैद तथा जरिवाना भुक्तान गर्नुपर्नेहरुलाई पक्राउ गरिएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । कार्यालयले चालु आवमा ५३ सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पाइएको उहाँले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश