कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गरिने

कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गरिने

काठमाडौँ- प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिहरुबीच आज भएको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ ।

छलफलले कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगमा तत्कालका लागि विद्यमान कानुन कडाइका साथ पालना गर्ने र दीर्घकालीन रूपमा आवश्यक संशोधनतर्फ अघि बढ्ने निष्कर्ष निकालेको हो ।

छलफलमा सभामुख डोलप्रसाद अर्यालले विगतमा सांसदहरूबाट कूटनीतिक राहदानीको दुरुपयोग भएको सन्दर्भ कोट्याउँदै कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्नुपर्ने बताउनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका सांसद योगेश गौचन थकाली, नेकपा एमालेका सांसद गुरुप्रसाद बराल, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाका सांसद खुश्वु ओली लगायत अन्य दलका प्रतिनिधिहरूले राहदानी दुरुपयोगका कारण देश बदनाम भएको भन्दै यसको ऐतिहासिक पृष्ठभूमि र नीतिगत आधारबारे पुनरावलोकन आवश्यक भएको समेत उहाँहरुले बताउनुभयो ।

बैठकमा अन्य दलका प्रतिनिधिहरूले पनि पार्टीभित्र थप छलफल, परामर्श तथा अन्तरराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र दीर्घकालीन निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण